NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बालेन र साम्पाङलाई लक्षित गर्दै प्रचण्डले भने- काठमाडौं र धरानमा लोकतन्त्रका फूल फक्रिए

काठमाडौं । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रतिनिधि सभामा बोल्दै काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका हर्क साम्पाङमात्रै वास्तविक स्वतन्त्र भएको बताएका छन् ।

उनले यी दुई मेयरको पछाडि कुनै पनि पार्टीका कार्यकर्ता र नेताहरु नरहेको भन्दै साँचो अर्थमा दुई जनालाई मात्रै स्वतन्त्र भन्न मिल्ने बताए । बालेन र हर्कबाहेक बाँकी सबैलाई पार्टीकै नेता र सहयोग मिलेको उनको भनाइ छ । उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर फूल भएको पनि उल्लेख गरेका छन् ।

‘अहिलेको स्थानीय तहको निर्वाचनमा जुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरु जनताको बीचमा प्रस्तुत हुनुभयो, त्योविशिष्ट छ, यसलाई विशिष्ट मान्नुपर्छ, त्यसमा अरुलाई स्वतन्त्र थप्न जरुरी छैन, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा दुईवटा फूलहरु फर्किएका छन् ।’