एमाले प्रवेश गरेको एक महिना नपुग्दै अनेरास्ववियुका उपमहासचिव चापागाईं एकीकृत समाजवादी फर्किए
काठमाडौं । स्थानीय तहको निर्वाचनको मुखमा एमाले प्रवेश गरी चुनावी अभियानमा सक्रिय रहेका अनेरास्ववियुका उपमहासचिव मेघानाथ चापागाईं पुन : एकीकृत समजवादीमा फर्किएका छन् ।
आइतबार बिहान नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालसँग भेटी आफू पार्टी काममै फर्किएको जानकारी दिएका थिए । नेपालसँग भेटको क्रममा उनले अफू बाध्यताबस गलत निर्णयमा पुगेपनि अब गल्ति नहुने प्रतिवद्धता जनाएका छन् ।
‘परिस्थितिजन्य कारणले विवशतावस केही समय बाटो अलमल र केही फरक जस्तो देखिएपनि म आफ्नो मूल राजनीतिक मान्यता र संगठनप्रति प्रतिबद्ध रहेको कुरा सबैमा जानकारी गराउँछु’, सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । चापागार्ई निर्वाचन अघि वैशाख १८ गते एमालेमा लागेका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया