मौसम नखुलेपछि हराएको जहाज खोज्न पुगेको हेलिकोप्टर जोमसोम फर्कियो
काठमाडौं । आज विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीन अटर जहाज खोज्न गएको हेलिकोप्टर जोमसोम फर्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मौसम नखुलेका कारण जहाज खोज्न गएको फिसटेलको हेलिकोप्टर बीचबाटै फर्किनु परेको हो ।
प्राधिकरणले जनाएअनुसार ९एनएइटी कलसाइनको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको उक्त जहाज अहिले लेते र घासाकोबीचमा रहेका टिटि डाँडामा दुर्घटना भएको आशंका गरिएको छ ।
स्थानीयले त्यस स्थानमा दुर्घटनाको आंशंका गर्दै प्रहरीलाई सम्पर्क गरेका छन् । तर, मानिय पहुँचका लागि सो स्थान पुग्न लेतेबाट अधिकतम पाँच घण्टा लाग्ने जनाइएको छ । स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
प्राधिकारणका अनुसार काठमाडौं, पोखरा तथा जोमसोम विमास्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकोप्टरहरु तयारी अवस्थामा राखिएका छन् । मौसम सुधार हुनासाथ हवाइमार्गबाट खोजी कार्य पुनः सुरु गरिने जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया