सबै सरकारी कार्यालयको दरबन्दी पुनरावलोकन हुने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सरकारी निकायका सङ्गठन संरचना र दरबन्दीको पुनरावलोकन गर्ने जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आव २०७९–८० को लागि जारी गरेको बजेट वक्तव्यमा सङ्घीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गर्ने बताएका छन् ।
निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप नगरी सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गर्ने वक्तव्यमा भनिएको छ ।
आगामी आव सरकारी कार्यालयको लागि सवारी साधन खरिद नगरी मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी साधन अनिवार्य रूपमा लिलामी गर्ने व्यवस्था मिलाइने बताइएको छ ।
सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन सार्वजनिक गरी सिफारिस गरिनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया