घटनास्थलबाट प्रत्यक्षदर्शीको बयान– कसैलाई पनि जीवित भेटेनौं
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरलाइन्सको विमानमा सवार कसैलाई पनि जीवित अवस्थामा नभेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमान दुर्घटनाग्रस्त स्थान मुस्ताङको कोवाङस्थित सानसुरे भीर पुगेका होटल व्यवसायी इन्द्रसिंह शेरचनले विमानमा सवार कसैलाई पनि आफूहरूले जीवित अवस्थामा नभेटेको जनाएका छन् ।
होटल व्यवसायी शेरचन आइतबार राति दुर्घटनास्थलनजिकै बास बसेका थिए । यार्सागुम्बा संकलनका लागि गएका एक स्थानीयले घटनाबारे बताएपछि अहिले आफू घटनास्थलमा रहेको उनले बताए ।
‘घटनास्थलमा कसैलाई पनि हामीले जीवित अवस्थामा भेटेका छैनौं । यततत्र छरिएका शव जलेका छन्,’ उनले भने । शव जलेकाले चिन्न सकिने अवस्थामा नरहेको उनले जानकारी दिए ।
शेरचनका अनुसार, घटनास्थलमा अहिलेसम्म सुरक्षाकर्मी पुगेका छैनन् । सुरक्षाकर्मीको प्रतीक्षामा आफूलगायत केही स्थानीय त्यहाँ बसिरहेको उनले बताए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान आइतबार बिहान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमान खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिनभर प्रयास गरे पनि भेटिएको थिएन ।
विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । जसमा दुई जर्मनी, चार भारतीय र बाँकी नेपाली थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया