विमान दुर्घटनाबारे छानबिन गर्न प्राधिकरणले समिति बनाउने
काठमाडौं । तारा एयरको जहाज दुर्घटनासम्बन्धमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन समिति गठन गर्ने भएको छ ।
उद्धार कार्य सकिएपछि दुर्घटनाको कारण पत्ता प्राधिकरणले छानबिन समिति गठन गर्ने प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक देवचन्त्रलाल कर्णले जानकारी दिए ।
‘उद्धारको काम सकिनासाथ प्राधिकरणले दुर्घटनाको छानबिनका लागि समिति गठन गर्नेछ,’ कर्णले भने ।
जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराको धवानमार्ग छोडेको ताराको ९ एनएइटी कलसाइनको जहाज त्यसको केही मिनेटपछि नै सम्पर्कविहीन भएको थियो । लगत्तै खोजबिन सुरु गरिएपनि आइतबार अबेरसम्म फेला पर्न सकेको थिएन ।
सोमबार बिहान जहाज मुस्ताङस्थित थासाङ गाविस वडा २ को सानोसरेमा १४ हजार ५ सय फिटमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया