बटलर आइपिएलका सर्वोत्कृट खेलाडी
काठमाडौं । इंग्लिस ब्याटर जोस बटलर इन्डियन प्रिमियर लिग (आइपिएल)का सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
उपविजेता राजस्थान रोयल्सका ब्याटर बटलरले भर्खरै सम्पन्न आइपिएलमा ८६३ रन बनाएका थिए । यो सर्वाधिक रन हो ।
यस्तै, राजस्थानकै युजभेन्द्र चाहलले सर्वाधिक विकेट लिए । उनले २७ विकेट चट्काएका थिए ।
यी दुवै खेलाडीले जनही १० लाख भारतीय रुपैयाँ पाए ।
गएराति हैदरवादमा भएको फाइनलमा नवप्रवेशी गुजरात टाइटन्सले राजस्थानलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया