सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि
डडेल्धुरा । डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिने स्वास्थ्यकर्मीले जनाएका छन् । आठ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले जानकारी दिए । डडेल्धुरा अस्पतालमा १५७ ले सुरक्षित गर्भपतन गराएका छन् ।
आज जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा सञ्चारकर्मीले सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन बढी भएको उल्लेख गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया