‘कबड्डी–४’ हेर्न गएका एक युवा पक्राउ, नायिकालाई अभद्र व्यवहार गरेको आरोप
काठमाडौं । नायिकालाई अभद्र व्यवहार गरेको आरोपमा ‘कबड्डी–४’ हेर्न गएका एक युवा पक्राउ परेका छन् । उनी सोही चलचित्रकी नायिका मिरुना मगरलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्पा तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई आइतबार साँझ पक्राउ गरिएकोहो ।
सुन्धारास्थित सिभिल मलमा ‘कबड्डी–४’ हेर्न पुगेका तामाङले आफूलाई छोएको भन्दै अभिनेत्री मगरले तत्कालै झापड हानेकी थिइन् । त्यसपछि त्यहाँ हल्लीचल्ली मच्चिएको थियो ।
यता, तामाङले भने आफूले नियतवश नभई झुक्किए छुन पुगेको भन्दै माफी मागेका थिए । उनले माफी माग्नका बाबजुद अभिनेत्री मगरले भने प्रहरीलाई खबर गरेकी थिइन् । त्यसुपछि तामाङ पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया