काठमाडौंका मेयर शाहले भेटे प्रधानसेनापति

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर (प्रमुख) बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।
मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै भद्रकालीस्थित सैनिक मुख्यालयमा गएर उनले प्रधानसेनापतिलाई भेटेका छन् ।
भेटमा मेयर शाहले बिपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको पशंंसा गरेका थिए ।
यस्तै प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
भेटवार्तामा दुवैले आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
बालेनको पहिलो निर्णय : नगरकार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण – NepalWatch
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया