NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक बनाउने बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंका रेष्टुरेन्ट शौचालयलाई सार्वजनिक बनाउने प्रस्ताव राखेका छन् ।

सोमबार बसेको पहिलो कार्यपालिका बैठकमा बालेन्द्रले सर्वसाधारणलाई प्रयोग गर्न मिल्ने गरी महानगरभित्र रहेका रेष्टुरेन्टमा रहेका शौचालयलाई सार्वजनिक बनाउने प्रस्ताव गरेका हुन् ।

शाहको प्रस्तावअनुसार रेष्टुरेन्टहरुमा शौचलय प्रयोग गर्न सकिने गरी संकेत बोर्ड राखिने र निःशुल्क प्रयोग गर्न मिल्ने बनाइने छ । मेयर बालेनले रेष्टुरेन्ट सञ्चालकहरुसँग गरेको अनौपचारिक छलफलमा उनीहरु सकारात्मक रहेको पनि बैठकमा बताएका छन् ।

यसका साथै सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तुरून्तै गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने, महानगरमा जनताको गुनासो र सहयोगका लागि कल सेन्टर राख्ने प्रस्ताव पनि गरेका छन् ।

फोहर व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ : वडाध्यक्ष डंगोल