युक्रेनमा मारिए फ्रान्सेली पत्रकार
काठमाडौं । युक्रेनमा एक फ्रान्सेली पत्रकार मारिएका छन् । अर्का एक जना घाइते छन् ।
३२ वर्षीय फ्रेडरिक लेक्लर इम्होफ युद्धग्रस्त क्षेत्र सेभेरोदोतेत्स्कमा मारिएका हुन् ।
बिएफएमटिभीका लागि निष्कासन कार्यबारे प्रसारण गरिरहेका बेला उनी मारिएको बिबिसीले जनाएको छ ।
इम्होफ बख्तरबन्द गाडीमा यात्रा गरिरहेका थिए । त्यही बेला उनीमाथि आक्रमण भएको थियो ।
६ वर्षदेखि बिएफएमटिभीमा कार्यरत इम्होफ युक्रेन युद्धको वास्तविकता देखाउन दोस्रोपटक त्यहाँ पुगेका थिए ।
घटनामा उनका सहकर्मी म्याक्सिम ब्राण्डस्टेटर घाइते छन् । फ्रान्सेली पत्रकारसँगै एक युक्रेनी पत्रकार पनि थिए । उनी भने सकुशल छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गर्दै युक्रेनलाई बिना सर्त आफ्नो मुलुकले सहयोग गरिरहने प्रतिबद्धता दोहोर्याएका छन् ।
युक्रेन युद्धबारे रिपोर्टिङ गर्न पुगेका पत्रकारले त्यहाँ ज्यान गुमाइरहेका छन् । गत मार्चमा अमेरिकाका पत्रकार ब्रेन्ट रिनाउड मारिएका थिए ।उनी युक्रेन युद्धमा ज्यान गुमाउने पहिलो पत्रकार हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया