बाँकेमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न
बाँके । जिल्लाको चार स्थानीय तहमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका हुन् ।
सो नगरमा आठ कार्यपालिका सदस्य चयन गर्न मतदान भएको थियो । निर्वाचनमा कांग्रेसकी अमृताकुमारी सिंह, पुष्पा सिंह, सङ्गीता रेग्मी, जसपाकी शोभा खटिक, वसन्तकुमार कनोजिया र मोहम्मद मुजस्मिल हुसैन हल्वाई तथा राप्रपाकी बीना थापा र विक्रम चिडिमार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
उनका अनुसार कांग्रेस र जसपाका तीन–तीन र राप्रपाका दुई जना निर्वाचित भएका छन् ।
निर्वाचनका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच गठबन्धन भएको थियो । यस्तै जसपा र नेकपा (एमाले) बीच चुनावी तालमेल भएको थियो । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ ।
सो निर्वाचनमा दलित अल्पसङ्ख्यकबाट केशवराज दमाई, थानबहादुर विक विजयी हुनुभएको गाउँ कार्यपालिकाका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर विक र प्रदीपकुमार रजक थिए । गाउँ कार्यपालिकामा महिला सदस्यमा सुमित्राकुमारी थारू, गौत्राकुमारी डाँगी, यमकुमारी वली र राधिका सुनार निर्वाचित भएका छन् ।
यसैगरी बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्णकुमारी विक, रुपा रावत र भूमिसरा राना छन् । उनीहरू अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका हुन् ।
जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा कांग्रेसका उम्मेदवार कमलादेवी यादव, कान्ति काँदु, निर्मला हरिजन र रामअचल धोवी तथा माओवादी केन्द्रका तारावती खटिक र राजेन्द्र सिंह निर्वाचित भएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया