NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पोखरा विमानस्थलको उडान अवरुद्ध

काठमाडौं । पोखरा विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ ।

तेलको ट्यांकर धावनमार्गमा पल्टिएपछि मंगलबार बिहानदेखि उडान तथा अवतरण कार्य अवरुद्ध हुन पुगेको हो ।

ट्यांकर हवाई जहाजमा तेल भर्न जाँदै थियो । ट्यांकर पल्टिए पनि कुनै अप्रिय घटना भने भएको छैन ।

अहिले पल्टिएको ट्यांकर हटाएर अवरोध हटाउने प्रयास भइरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।