मेलम्ची सुरुङको ढोका बन्द
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलढोका (गेट) बन्द गरेको छ । सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका बन्द गरिएसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।
वर्षायाम सक्रिय भएसँगै मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो ।
सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर गत ११ वैशाखबाट सरकारले काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।
आगामी असोज मसान्तसम्मका लागि सुरुङ बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । एक अधिकारीका अनुसार पहिरोको जोखि बढेकाले ढोका बन्द गरिएको हो ।
वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी रोकिने – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया