मेलम्ची सुरुङको ढोका बन्द
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलढोका (गेट) बन्द गरेको छ । सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका बन्द गरिएसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।
वर्षायाम सक्रिय भएसँगै मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो ।
सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर गत ११ वैशाखबाट सरकारले काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।
आगामी असोज मसान्तसम्मका लागि सुरुङ बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । एक अधिकारीका अनुसार पहिरोको जोखि बढेकाले ढोका बन्द गरिएको हो ।
वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी रोकिने – NepalWatch
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया