दीपकराजको बालेनलाई सुझाव, ‘बाँदरहरू तह लगाउने प्रक्रिया सिक्नुहोस्’
काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बचाउ गरेका छन् ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकमा मेयर शाहले प्रक्रिया नपुर्याइ बैठक सञ्चालन गरेको भन्दै केही वडाध्यक्षले आपत्ति जनाएका थिए । यसैप्रति लक्षित गर्दै कलाकार गिरीले मेयर शाहको प्रतिरक्षा गरेका हुन् ।
कलाकार गिरीले वडाध्यक्षहरूलाई बाँदरको संज्ञा दिएको बुझ्न सकिन्छ ।
‘प्रक्रिया सिकेर आउनु पर्छ, सही हो । कुरा एकदम ठीक हो बाँदरहरू कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्नै पर्छ बालेनजी !’, उनले फेसबुकमा लेखेका छन् ।
बालेनले ३२ जना वडाध्यक्षलाई भने, ‘वडाको मेयर तपाईँ नै हो’ – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया