NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नि:शुल्क स्वास्थ परिक्षण सिबिरबाट २०० भन्दा बढी कर्मचारी लाभान्वित

काठमाडाैं । शिखर इन्स्योरेन्सले ई-फार्मेसीको सहकार्यमा कर्मचारीहरूको लागि आफ्नै परिसरमा ‘निःशुल्क स्वास्थ्य जाँच’ शिविर कार्यक्रम आयोजना गरेको थियो ।इन्स्योरेन्सले गत वैशाख २५ र २६ गते कर्मचारीहरूको लागि निःशुल्क स्वास्थ्य जाँचू शिविर कार्यक्रम आयोजना गरेको हो ।

यसमा नि:शुलक जाँचका अतिरिक्त सामान्य स्वास्थ्य समस्याहरू समावेश थियो, जस्तै उच्चरकम ब्लड प्रेसर, उच्चरकम ब्लड सुगर, शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदि जाँच गरिएको थियो । यस बाहेक बैशाख २७ गते एक ई(फार्मेसीका पोषण विशेषज्ञसंग दैनिक आहार र स्वस्थ खाना जस्ता विषयहरूसँग सम्बन्धित ३० मिनेटको ‘जुम सम्मेलन ब्रीफिंग’ आयोजना भएको इन्स्योरेन्सले जनाएको । यो कार्यक्रम विशेष गरी कर्मचारीहरूको लागि आफ्नो दैनिक जीवनमा आउने साना स्वास्थ्य समस्याहरूको बारे ज्ञान प्राप्त गर्न डिजाइन गरिएको थियो।

इन्स्योरेन्सका अनुसार नि:शुल्क शिविरबाट २०० भन्दा बढी कर्मचारी जाँचको लाभ उठाएका थियो । अफिसमा काम गर्ने कर्मचारीहरूलाई सामान्यतया स्वास्थ्य समस्याहरू जुनसुकै अवस्थामा र बेलामा हुन सक्छ ।

नियमित स्वास्थ्य परीक्षण गरेर आफूलाई फिट र स्वस्थ राख्नु अहिलेको आवश्यकता महसुस गर्दै कम्पनीले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।