नि:शुल्क स्वास्थ परिक्षण सिबिरबाट २०० भन्दा बढी कर्मचारी लाभान्वित
काठमाडाैं । शिखर इन्स्योरेन्सले ई-फार्मेसीको सहकार्यमा कर्मचारीहरूको लागि आफ्नै परिसरमा ‘निःशुल्क स्वास्थ्य जाँच’ शिविर कार्यक्रम आयोजना गरेको थियो ।इन्स्योरेन्सले गत वैशाख २५ र २६ गते कर्मचारीहरूको लागि निःशुल्क स्वास्थ्य जाँचू शिविर कार्यक्रम आयोजना गरेको हो ।
यसमा नि:शुलक जाँचका अतिरिक्त सामान्य स्वास्थ्य समस्याहरू समावेश थियो, जस्तै उच्चरकम ब्लड प्रेसर, उच्चरकम ब्लड सुगर, शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदि जाँच गरिएको थियो । यस बाहेक बैशाख २७ गते एक ई(फार्मेसीका पोषण विशेषज्ञसंग दैनिक आहार र स्वस्थ खाना जस्ता विषयहरूसँग सम्बन्धित ३० मिनेटको ‘जुम सम्मेलन ब्रीफिंग’ आयोजना भएको इन्स्योरेन्सले जनाएको । यो कार्यक्रम विशेष गरी कर्मचारीहरूको लागि आफ्नो दैनिक जीवनमा आउने साना स्वास्थ्य समस्याहरूको बारे ज्ञान प्राप्त गर्न डिजाइन गरिएको थियो।
इन्स्योरेन्सका अनुसार नि:शुल्क शिविरबाट २०० भन्दा बढी कर्मचारी जाँचको लाभ उठाएका थियो । अफिसमा काम गर्ने कर्मचारीहरूलाई सामान्यतया स्वास्थ्य समस्याहरू जुनसुकै अवस्थामा र बेलामा हुन सक्छ ।
नियमित स्वास्थ्य परीक्षण गरेर आफूलाई फिट र स्वस्थ राख्नु अहिलेको आवश्यकता महसुस गर्दै कम्पनीले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया