चन्द्रागिरिमा खत्रीको हत्या गर्ने दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका-८ घर भई चन्द्रागिरि नगरपालिका-१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कीर्तिपुर नगरपालिका-३ ढाल्पास्थित सडकमा कुटपिट गर्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले मृतक खत्रीको झोलाबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३१ एम्पुल, फेनार्गन ६४ एम्पुल र नुर्फिन ७२ एम्पुल बरामद गरेको गरेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न विशेष समितिले पायो २१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
-
‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’-विनोद चौधरी
-
चार कम्पनी कालोसूचीमा
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
प्रतिक्रिया