नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह गरेका हुन् ।
‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी वर्षको बजेटमा सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षाका लागि हामी प्रतिबद्ध छौँ,’ अध्यक्ष मल्लले भने ।
उनले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसमक्ष आग्रह गरे
‘नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ, जापानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ, दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ, यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ,’ उनले भने ।
अध्यक्ष मल्लले सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूतसँग आग्रह गरेका छन् । ‘यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौँ,’ राजदूत युताकाले भने । उनले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत व्यक्त गरे । राजदूतले नेपाल सरकारलाई जापान सरकारको तर्फबाट र आफ्ना दातृनिकायमार्फत लामो समयदेखि सहयोग हुँदैआएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया