फरार अभियुक्त १८ वर्षपछि पक्राउ
काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका ४२ वर्षीय लालदेव यादव १८ वर्षपछि आज पक्राउ परेका छन् । अदालतले कैद र जरिवानाको फैसला गरेपश्चात् फरार रहेका यादवलाई १८ वर्षपछि गाउँघरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ असार १० गते यादवलाई तीन महिना कैद र ७२५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजले समेत विसं २०६४ असार ४ गते सो फैसला सदर गरेको थियो । उनीविरुद्ध सोही ठाउँका दीपेन्द्रकुमार यादवले उजुरी दिएका थिए ।
पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक मात्रवप्रसाद काफ्लेले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया