माओवादी जनप्रतिनिधिलाई नारायणकाजीको निर्देशन : सम्पत्ति विवरण सार्वजनिक गर्नू
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
बुधबार आयोजित पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
पूर्वउपाध्यक्ष श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।
यस्तो थियो उनको निर्देशन :
स्थानीय तहका सबै जनप्रतिनिधिहरूले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ । कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं । हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं । सम्पति सार्वजनिक गर्ने बेलामा अन्त पनि छ भन्ने सुन्न नपाइयोस् । सबैजना पारदर्शी बन्नुहोस् ।
एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउन नपरोस् : प्रचण्ड – NepalWatch
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया