माओवादी जनप्रतिनिधिलाई नारायणकाजीको निर्देशन : सम्पत्ति विवरण सार्वजनिक गर्नू
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
बुधबार आयोजित पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
पूर्वउपाध्यक्ष श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।
यस्तो थियो उनको निर्देशन :
स्थानीय तहका सबै जनप्रतिनिधिहरूले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ । कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं । हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं । सम्पति सार्वजनिक गर्ने बेलामा अन्त पनि छ भन्ने सुन्न नपाइयोस् । सबैजना पारदर्शी बन्नुहोस् ।
एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउन नपरोस् : प्रचण्ड – NepalWatch
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया