हलिउड अभिनेता डेपले मुद्दा जिते, पूर्वपत्नीले ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं । हलिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नीले लगाएको दुई आरोपमा सफाइ पाएका छन् । एक मामलामा भने उनले पूर्वपत्नीलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाइएको छ ।
डेपविरुद्ध उनकी पूर्वपत्नी हर्डले विभिन्न तीनवटा मुद्दा अदालतमा दायर गरेकी थिइन् । जसमध्ये दुई आरोप लगत भएको ठहर गर्दै अदालतले डेपलाई सफाइ दिएको छ ।
बिबिसीका अनुसार, एउटा अमेरिकी अदालतको जुरीले जोनी डेपले आफ्नो मानहानि भएकोमा क्षतिपूर्तिका लागि एक करोड ५० लाख डलर रकम पाउने आदेश दिएको छ।
त्यसैगरी, अर्को फरक प्रकरणमा भने डेपले श्रीमतीलाई २० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरिएको छ । वकिलको माध्यमबाट पूर्वपत्नीको मानहानि गरेको ठहरसहित अदालतले यस्तो आदेश दिएको हो ।
यो मुद्दामा ६ साता सुनुवाइ चलेको थियो । जसक्रममा उनीहरूले एकअर्काविरुद्ध शारीरिक तथा भावनात्मक दुर्व्यवहारको आरोप लगाएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया