NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

एनएमबिद्धारा ५ हजार ७२८ थान चुल्हो वितरण

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (SNV) को रिजल्ट बेस्ड फानान्सिङ परियोजनाअन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरिएको छ । बैंकले परियोजनासंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकलसंग बैंकले सहकार्य गरेर सुदुर पश्चिम र कर्णालीका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो । बैंकको लघुवित्त विभागले SNV संग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरुसंग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, विषेशगरि महिला दिदी बहिनिहरूले भान्छाको लागि गर्नुपर्ने कठिनाइमा कमि ल्याउने, धुवां धुलोमा कमीको कारणले बायूु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुंवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमि हुने विश्वास लिइएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।