षड्यन्त्रकारीको प्रलोभनमा पर्दिन, गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका छन् ।
स्थानीय तह निर्वाचनको परिणामबाट गठबन्धन कायमै रहनेमा विभिन्न आशंका व्यक्त भइरहेको अवस्थामा नेपालले गठबन्धन नटुट्ने दाबी गरेका हुन् । कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि बिहीबार सुर्खेत पुगेका नेपालले गठबन्धन भत्काउनका लागि आफू कुनै प्रलोभनमा नफस्ने बताए ।
‘अहंकारी र षड्यन्त्रकारीहरूले विभिन्न भ्रम फैलाएका छन् । त्यस्ता भ्रमको पछि नलाग्नोस्’, नेपालले भने, ‘म कुनै लोभ र प्रलोभनमा पर्दिन । आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ ।’
३०, वैशाखमा भएको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले धोका दिएको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए । चु्नावी परिणामले माओवादी र कांग्रेसलाई मात्र फाइदा पुगेको एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया