जुकरवर्गपछिकी शक्तिशाली स्याण्डबर्गले छाडिन् फेसबुक

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाकी चिफ अपरेटिङ अफिसर (सिओओ) सेरिल स्याण्डवर्ग यससँगको आबद्धताबाट अलग भएकी छन् । उनी फेसबुकको दोस्रो शक्तिशाली व्यक्ति मानिन्थिन् ।
सेरिलले फेसबुकमा एक पोस्ट् लेख्दै मेटाको जिम्मेवारीबाट आफू अलग भएको जनाएकी छन् ।
सोचेभन्दा लामो समय फेसबुकमा बसेको बताउने उनको आगामी दिनमा परोपकारीलगायत कार्यमा केन्द्रित रहने योजना छ ।
सेरिल प्रविधि क्षेत्रमा हाइप्रोफाइल महिलामध्येकी एक मानिन्छिन् । उनले १४ वर्षअघि फेसबुकको यो जिम्मेवारी ग्रहण गरेकी थिइन् ।
मेटाबाट सेरिलको त्यतिबेला बहिर्गमन भएको छ जतिबेला मेटाले विज्ञापनमा मन्दी र टिकटकजस्ता प्रतिद्वन्द्वीहरूको सामना गरिरहेको छ ।
तर सेरिलले फेसबुकसँगको आफ्नो आबद्धता सोचेभन्दा निकै लामो हुन पुगेको बताएकी छन् । ‘जब म सन् २००८ मा यो काममा आबद्ध हुन पुगेकी थिएँ, त्यतिबेला मैले
त्यहाँ पाँच वर्ष मात्र रहन्छु होला भन्ने सोचेकी थिएँ,’ उनले भनेकी छन्, ‘१४ वर्षपछिको यो समय जीवनको अर्को अध्याय कोर्नका लागि हो ।’
सन् २०१५ मा अचानक श्रीमानको मृत्युपछि एक्लो रहेकी स्याण्डवर्गले यही समरमा अर्को विवाह गर्दैछिन् ।
स्याण्डवर्ग अलग भएपछि जेभिएर ओलिभनले उनको जिम्मेवारी सम्हालेको बिबिसीले लेखेको छ । ओलिभन मेटाका चिफ अफिसर हुन् । उनी भर्खंरै मात्र यो जिम्मेवारीमा अनुबन्ध भएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया