टर्कीले आफ्नो देशको नाम परिवर्तन गर्यो
जेनेभा । संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका छन् ।
टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय भएको प्रवक्ताले उल्लेख गरेका छन् ।
विदेशमन्त्री काभुसोग्लुले अन्तरराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।
अर्को सातासम्म विश्वका विभिन्न प्लेटफर्ममा परिवर्तित नाम राखिसक्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया