NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बढेर आयो इन्धनको मूल्य, १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड घाटा

काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको छ । निगमले प्राप्त गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा ८ रुपैयाँ २१ पैसा र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा २२ रूपैयाँ ९३ पैसा, डिजेलमा १९.७३ रुपैयाँ, एलपी ग्यासमा ७५१.१४ रुपैयाँ हुने निगमले जनाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार अब पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा १९.७३ रुपैयाँ, एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।  हवाई इन्धन र मट्टितेलमा भने केही नाफा हुने निगमले जनाएको छ। समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलमा मात्रै निगमले पाक्षिक रूपमा ६७ करोड रूपैयाँ घाटा व्याेहोरेको छ । त्यस्तै डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्याँसमा १ अर्ब ४३ करोड घाटा छ ।

निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।