NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सेयर बजारमा पहिरो जाने क्रम रोकिएन, १८ अंकले घट्यो नेप्से

काठमाडाैं । अर्थमन्त्रीदवारा संसदमा आगमी आर्थिक वर्ष २०७९/८० काे बजेट सार्वजनिकयता लगातार सेयर बजार घट्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा झरेको छ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ३.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ । आज २२७ स्टकको  ३५ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ वटाको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको हो । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत घटेको छ। त्यस्तै, बिहीबार। अन्य, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन बलेफि हाइड्रोपावरको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत बढेको छ । माउन्टेन हाइड्रो, उपकार लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । प्रभु लाइफ इन्स्योरेन्स्को शेयरमूल्य सर्वाधिक ६.४७ प्रतिशत घटेको छ भने उन्नती सहकार्य, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा माउन्टेन हाइड्रोले सर्वाधिक १२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेको छ ।  त्यसैगरी, एनआईसी एशिया बैंकको ६ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष