पल शाहको मुद्दामा बहस सकियो, अब के हुन्छ ?
काठमाडौं । अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस सकिएको छ । उच्च अदालतमा आज भएको बहस सकिएको हो ।
अदालतले आजै अभिनेता शाहबारे आदेश दिनेछ । उनलाई तारेखमा छाड्ने वा नछाड्ने अदालतले निर्णय लिइनेछ ।
यसअघि जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि उनका पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
आज भएको सुनवाइमा अभिनेता शाहको तर्फबाट पाँच जना र ‘पीडित’ भनिएकी नाबालिग गायिकाको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले बहस गरेका हुन् ।
नाबालिग भनिएकी ती गायिकाले आफूलाई शाहले बलात्कार नगरेको भन्दै बयान यसअघि फेरेकी थिइन् । यसपछि घटनामा नयाँ ट्विस्ट पनि आएको थियो । आफूले दबावमा जाहेरी दिन लगाएको भन्दै ती गायिकाले बयान फेरेकी हुन् । दबाब र प्रभावमा ती गायिका होस्टाइल भएको दाबी गरिएको थियाे ।
तर एक वकिलका अनुसार उच्च अदालतले ती गायिका होस्टाइल भएको हेरेकाे छैन ।
पल शाह जोडिएको नाबालिग बलात्कार मुद्दामा आदेश आउँदै, गायिकाले बयान फेरेकोमा के होला ? – NepalWatch
प्रतिक्रिया