प्रचण्डले किन बोलाए केन्द्रीय कमिटी बैठक ?
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी बैठकको एजेण्डाबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई १८ र १९ गते प्रशिक्षण दिएकोे माओवादीले शुक्रबार अपरान्ह केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाएको हो । स्थानीय निर्वाचनको समिक्षा, पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्न बैठक बोलाएको केन्द्रीय कार्यलय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटीको विस्तारीत बैठक असार १५ गते बस्ने ढकालले जानकारी दिए ।
स्थानीय तहको निर्वाचमा माओवादी केन्द्रले सन्तोष जनक परिणाम आएपछि अध्यक्ष प्रचण्ड हौसिएका छन् । उनले आगामी निर्वाचनमा मओवादीलाई पहिलो दल बनाउने गरी निर्वाचनको चयारी गर्न जनप्रतिधिहरूलाई निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया