प्रचण्डले किन बोलाए केन्द्रीय कमिटी बैठक ?
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी बैठकको एजेण्डाबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई १८ र १९ गते प्रशिक्षण दिएकोे माओवादीले शुक्रबार अपरान्ह केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाएको हो । स्थानीय निर्वाचनको समिक्षा, पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्न बैठक बोलाएको केन्द्रीय कार्यलय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटीको विस्तारीत बैठक असार १५ गते बस्ने ढकालले जानकारी दिए ।
स्थानीय तहको निर्वाचमा माओवादी केन्द्रले सन्तोष जनक परिणाम आएपछि अध्यक्ष प्रचण्ड हौसिएका छन् । उनले आगामी निर्वाचनमा मओवादीलाई पहिलो दल बनाउने गरी निर्वाचनको चयारी गर्न जनप्रतिधिहरूलाई निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया