सुनको मूल्य ९०० रूपैयाँ बढ्यो
काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ९ सय रूपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएकोमा शुक्रबार ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
यसैगरी बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ तोकिएकोमा शुक्रबार ९८ हजार कायम गरिएको छ । शुक्रबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया