विप्लव नेतृत्व नेकपाको नवौं महाधिवेशन असोजको पहिलो साता काठमाडौंमा हुने
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले असोजमा नवौं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
जेठ १२ देखि १७ गतेसम्म उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सामुदायिक भवनमा बसेको केन्द्रीय कमिटीको तेह्रौं विस्तारित बैठकले गरेको निर्णय महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्रकार सम्मेलनमार्फत शुक्रबार सार्वजनिक गरेका छन् । पार्टीको नवौं महाधिवेशन असोज १–८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा विप्लवले धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई अराजक, जडसुत्रवादी, बुर्जुवा र फुटवादी विचनल भएको नेता भएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पार्टीभित्र आर्थिक, संगठनात्मक र राजनैतिक विकृतिहरू मौलाउन थालेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
केन्द्रीय कमिटीको निर्णय विपरित विप्लवले स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय गरेको आरोप लगाउँदै बास्तोला र वलीसमूहले पार्टीबाट अलग हुने निर्णय गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया