भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो ।
भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन् । भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् ।
चितवन कृषिमा अब्बल मानिन्छ । चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानी भनेर परिचित छ । भरतपुर महानगरलाई कृषिको केन्द्रका रुपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ ।
चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको दाहालले विचार व्यक्त गरिन् । भरतपुर सुन्दर, सफा, हराभरा सहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको दाहालको भनाइ छ ।
इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताए । उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरे । इजरायल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया