एक करोड लगानीमा बाख्रापालन
तनहुँ । गंगादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गंगादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएकी छिन् । डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका-४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् ।
हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब एक करोड लगानी भएको फार्म सञ्चालक गंगादेवीले जानकारी दिइन् । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्ट्रेलियाबाट तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताए ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया