एक करोड लगानीमा बाख्रापालन
तनहुँ । गंगादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गंगादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएकी छिन् । डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका-४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् ।
हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब एक करोड लगानी भएको फार्म सञ्चालक गंगादेवीले जानकारी दिइन् । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्ट्रेलियाबाट तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताए ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया