NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

साताको अन्तिम दिन पनि ओरालो लाग्यो नेप्से, १ अर्ब ३० करोडको कारोबार

काठमाडाैं । यो साताभर सेयरबजार बढ्न सकेन । नेपाल स्टक एक्सेञ्ज (नेप्स)का साताको अन्तिम दिन पनि सेयर बजार ओरालो लागेर बन्द भएको छ ।

नेप्सेका अनुसार आज नेप्से ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ७.१८ अंकले घटेर ४०३.४८ विन्दुमा पुगेको छ । आज २२६ स्टकको ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शुक्रबार १३ उपसमूहको परिसूचक घटेको छ । आज सबैभन्दा बढी व्यापारको २.५६ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमाको २.३४ प्रतिशतले घटेको छ । नीर्जीवन बीमा कम्पनीको १.९२, लगानीको १.९१ उत्पानको १.७४, सामूहिक लगानी कोषको १.७४ बैंकिङको १.६८, विकास बैंकको १.५५, लघुवित्तको १.४४, वित्तको १.३७, जलविद्युतको १.३ प्रतिशतले घटेको छ । होटल तथा पर्यटनको ०.८६ र अन्यको ०.८१, प्रतिशतले घटेको छ ।

नेप्से ओरालो लागेपनि यस दिन उपकार लघुवित्तको मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ । आज नेपाल इन्भेष्मेनट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । आ सो कम्पनीले ९.५६ प्रतिशतले गुमाएका छन् । किसान लघुवित्तले ८.९५ प्रतिशतले गुमाएका छन् ।

आज कारोबार रकमका आधारमा एनआइसी एसिया बैंकको सर्वाधिक ६ करोड २३ लाख ५५ हजार ६८८ रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेको छ । त्यसैगरी, सिटिजन इन्भेष्मेन्टको ४ करोड २ लाख २३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष