सगरमाथा हाइड्रोले ५५ करोडको आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई ५५ करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले सो नियुक्तिसम्बन्धी सम्झौता जेष्ठ १९ गते बिहीबार सम्पन्न गरेको छ । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको गरी जम्मा कुल ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं। २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन सुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया