NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

के चाहन्छन् प्रचण्ड ?

काठमाडौं । माओवादी जनयुद्धमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल प्रचण्डको रणनीति निकै चर्चामा थियो । सत्तामा कांग्रेसको निकै दबदबा रहेको तत्कालीन अवस्थामा १ फागुन, ०५२ सालमा राज्य सत्ताविरुद्ध सशस्त्र संघषको घोषणा ग¥यो ।

तत्कालीन अवस्थामा चीर शत्रु मानेको कांग्रेसविरुद्ध लड्न प्रचण्डले अप्रत्यक्ष रुपमा एमालेलगायत कम्युनिस्ट र राजावादीको साथ लिएको आरोप लागेको छ । प्रधानशत्रुका विरुद्ध लड्न कमजोर शत्रुको ढाडमा टेकेर टाउकोमा हान्न सकिए युद्धमा सफलता पाउने प्रचण्डको नीति नै थियो । एमालेकै सहयोगमा माओवादीले कांगे्रेस नेता तथा कार्यकर्तामाथि देशव्यापी धरपकड ग¥यो । पछि माओवादीबाट एमालेकै कार्यकर्ता असुरक्षित हुँदै जान थालेपछि खास गरी एमालेको तत्कालीन केपी शर्मा ओली समूह माओवादीसँग बिच्किएको थियो । त्यतिबेला एमालेभित्र माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम तुलनात्मक रूपमा माओवादीप्रति नरम देखिन्थे । माधव र वामेदवकै पहलमा १२ बुँदे सहमति गर्दै प्रचण्ड शान्ति प्रक्रियामा आएको बताइन्छ ।

तर शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्डले युद्धकालीन धङ्धङ्गी नछोडेको आरोप लाग्दै आएको छ । समकालीन राजनीतिमा प्रचण्ड रणनीतिक रूपमा चतुर नेता मानिन्छन् । उनी राजनीतिमा जस्तोसुकै जोखिम मोल्न सक्ने नेता हुन् । प्रचण्डकै नेतृत्वमा मुलुकले १० वर्षे सशस्त्र युद्ध भोग्यो । सशस्त्र विद्रोहलाई शान्तिपूर्ण रूपान्तरण गर्न प्रचण्डले नै भूमिका निर्वाह गरे । आफैले प्रधानशत्रु मानेका कांग्रेस र एमालेको सहयोगमा २४० वर्ष लामो राजतन्त्र अन्त्य गर्न सफल भए । माओवादीले उठाएका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशी एजेण्डामा मुलुक अहिले छ ।

एक वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय समस्य भएको गम्भीर आरोप लगाएका थिए । प्रचण्डमाथि टिप्पणी गरेको एक महिना नपुग्दै ओलीले ७ जेठको मध्यराति दोस्रोपटक संसद् विघटन गरे ।

‘प्रचण्ड अहिले पनि समस्या हो । उहाँले कसैलाई मिल्न दिनुहुन्न । उहाँ झमेलामा खेल्न रमाउने मान्छे हो, समाधान दिन होइन’, ओलीले प्रचण्डमाथि कटाक्ष गरे, ‘मुलुकलाई सशस्त्र द्वन्दमा धकेलेर तनाव दिनुभयो । पार्टीपनि ध्वस्त पार्नुभयो । अहिले कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र कोइरालाहरूबीच खेलेर मिल्न दिनुभएको छैन ।’

गत साउन ३ मा माधव नेपाल समूहसहितको सहयोगमा शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि एमालेका वर्तमान महासचिव शंकर पोखरेलले प्रचण्डले ढाडमा टेकेर टाउकामा हान्ने युद्धकालीन रणनीति अझै नत्यागेको आरोप लगाए ।

पार्टी विभाजनपछि सांगठनिक रुपमा निकै कमजोर रहेका प्रचण्ड कहिले एमाले त कहिले कांग्रेससँग कुम जोडेर राजनीतिक फाइदा लिइरहेको आरोप लाग्दै आएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले कांग्रेससँग सहकार्य गरी एमालेसँग प्रतिस्पर्धा ग¥यो । तर उनले सोचेअनुसार निर्वाचन परिणाम आएन । गठबन्धनले कांग्रेसलाई फाइदा पुग्यो । माओवादी थप कमजोर बन्यो । निर्वाचनबाट आत्तिएका प्रचण्डले संघीय चुनावमा एमालेसँग सहकार्यको हात अगाडि बढाए । उनकोे प्रस्ताव ओलीले तत्कालै स्वीकार गरे ।

वामपन्थी गठबन्धन हुँदै पार्टी एकतासम्मको तयारी गरी ओली–प्रचण्ड चुनावमा होमिए । वामपन्थी एकतालाई जनताले पनि अत्याधिक मन पराए । झण्डै दुई तिहाइ मतसहित सरकार सञ्चालन गर्न पाँच वर्षको म्याण्डेट दिए ।

यद्यपि, माओवादीको सहयोगमा पाँच वर्ष सिंहदरबारको कुर्सीमा राज गर्ने ओलीको स्वार्थ र एमालेको साहारामा आफ्नो गुम्न लागेको शक्ति हत्याउने प्रचण्डको स्वार्थका कारण चार वर्ष नपुग्दै शक्तिशाली वामपन्थी सरकार ढलेको राजनीतिक वृत्तमा निकै चर्चा छ । सरकार ढल्नुमा ओली र प्रचण्ड एकले अर्कालाई दोषारोपण गर्दै आफू पानीमाथिको ओभानो बन्न खोजेको विश्लेषण गरिन्छ ।
तत्कालीन नेकपाभित्र ओलीले सरकार र पार्टीभित्र कुनै हैसियत नदिएको आरोप लगाएका प्रचण्डले माधव नेपालको सहयोगमा ओलीविरूद्ध सडक संघर्ष गरे । उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरे । तर ०७७ फागुन २३ मा सर्वोच्च अदालतले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरिदिएपछि पुरानै बाटोमा फर्किए । जसले प्रचण्डलाई ठूलो धक्का लाग्यो । ओलीले माधव–झलनाथ समूहको साथ गुमाए । प्रचण्डकै कारण एमाले विभाजन भएको ओलीनिकट नेताहरूको आरोप छ ।

गत साउन ३ मा माधव समूहसहितको सहयोगमा देउवा नेतृत्व सरकार बनेपछि एमालेका वर्तमान महासचिव शंकर पोखरेलले प्रचण्डले ढाडमा टेकेर टाउकामा हान्ने युद्धकालीन रणनीति अझै नत्यागेको आरोप लगाए । आफूहरूले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष ओलीको टाउकोमा हान्ने कोशिस गरेको उनको आरोप थियो ।

‘प्रचण्डलाई विश्वास गरी गठबन्धनहुँदै पार्टी एकता ग¥यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति छोड्नु भएको रहेनछ’, गत साउन ३० मा आफ्नै गृहनगर दाङमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘प्रचण्डले माधवको ढाडमा टेकेर ओलीको टाउकोमा प्रहार गरे ।’
एमालेभित्रबाट माधव–झलनाथ समूहले विद्रोह नगरको भए देउवा नेतृत्वमा सरकार बनाउन असम्भव थियो । माधवको चट्टानी अडानका कारण संसद्मा ६३ सिट रहेको कांग्रेस नेतृत्वमा सरकार बनाउन सम्भव भएको थियो । माधवलाई विश्वस्त बनाउने काम प्रचण्डले नै गरेका थिए ।

May be an image of 1 person

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने समयमा प्रचण्डले संसद्को रोष्टममा उभिएर आगोसँग नखेल्न ओलीलाई चेतावनी दिएका थिए । एक वर्ष नपुग्दै बुधबार पार्टी कार्यालय पेरिसडाँडामा नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेसले दम्भ देखाए एमालेकै हालत बनाउने उनले चेतावनी दिए ।

‘कांग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ लिएर माओवादी केही न होइन । स्थानीय तहमा पनि धेरै जसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लगाइन्छ भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्’, कांग्रेसलाई प्रचण्डले चेतावनी दिए ।

स्थानीय तहको निर्वाचनमा प्रचण्डले कांग्रेसको समेत सहयोगमा ओलीलाई गलाउने नीति लिए । पाँचदलीय गठबन्धनको सहयोगमा एमालेबीच मोर्चाबन्दी गर्न सफल भएका प्रचण्डले अघिल्लो निर्वाचनको तुलनामा योपटक केही फाइदा लिए । गठबन्धनबाट सबैभन्दा बढी फाइदा कांग्रेसले लियो । यो निर्वाचनमा १४१ प्रमुख, १८८ अध्यक्षसहित कांग्रेस पहिलो दल भयो । एमाले ८२ प्रमुख र १२३ अध्यक्षसहित दोस्रो दल भयो । २५ प्रमुख र ९६ अध्यक्षसहित माओवादी तेस्रो दल भएको छ । एकीकृत समाजवादी २० सिटसहित पाँचौ दलमा उदाएको छ ।

प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक तरङ्ग नै उत्पन्न भएको छ । प्रमुख विपक्षी दल एमालेले बार्गेनिङका लागि प्रचण्डले कांग्रेसलाई धम्की दिएको आरोप लगाएको छ । उनका अभिव्यक्तिलाई लिएर कांग्रेसले कुनै प्रतिक्रिया जनाएको छैन ।

कतिपयले प्रचण्डको अभिव्यक्तिले गठबन्धन टुट्ने हो कि भन्ने आशंका पनि व्यक्त गर्न थालेका छन् । एमालेका दोस्रो तहका नेताहरूसँग विभिन्न च्यानलमार्फत छलफलमा रहेका प्रचण्डले ओलीकै कारण वाम एकता सम्भव नभएको आरोप लगाएका छन् ।
शनिबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले स्थानीयत तहको निर्वाचन परिणामपछि ओलीको व्यवहारमा परिवर्तन आउने अनुमान गरे पनि त्यसो हुन नसकेको गुनासो पोखे । तर आफू ओलीबाहेक एमालेका अन्य नेतासँग सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए ।

युद्धकालदेखि नै कहिले मोहन बैद्य र कहिले बाबुराम भट्टराईको कित्तामा उभिएर राजनीति लाभ लिने गरेको आरोप प्रचण्डलाई लाग्ने गरेको थियो । प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट रहँदै बैद्य–बाबुराम पार्टीबाट अलग भएपछि अहिले उनी कहिले एमाले त कहिले कांग्रेससँग सहकार्य गरी राजनीतिक फाइदा लिँदै आएका छन् ।

यद्यपि, प्रचण्ड आफैँ पनि राजनीतिमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने नेता भएकाले संघीय निर्वाचन सम्ममा प्रचण्ड कतै फेरी एमालेतिर ढल्किने हो कि भन्ने कांग्रेसका नेताहरूको आशंका छ । तर तत्कालै प्रचण्ड एमालेसँग सहकार्य गर्ने मुडमा नभएपनि बृहत्त वामपन्थी एकताको पक्षमा रहेको उनी निकट एक नेताले बताएका छन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष