कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्यमा जुम्ला प्रथम
कर्णाली । कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा शुक्रबार सम्पन्न कर्णाली प्रदेशस्तरीय विद्यालय तहको विद्यार्थी प्रतिभा पहिचानअन्तर्गत ‘एकल लोकगीत’मा जुम्लाका सिर्जना भक्री र ‘एकल लोकनृत्य’ प्रतियोगितामा जुम्लाकै सविना बुढ्थापा प्रथम भए ।
प्रथम हुने दुवै छात्रालाई मेडलसहित जनही रु २१ हजार नगद पुरस्कार प्रदान गरिएको नृत्य निर्देशक कुलमान नेपालीले जानकारी दिए ।
उक्त प्रतियोगितामा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कला, साहित्यका माध्यमबाट नवप्रतिभाको पहिचान भएको बताए । “प्रतियोगिताले कर्णालीको लोक साहित्य क्षेत्रको उचाइ बढाएको छ,” मन्त्री बुढाक्षेत्रीले भने, “सरकारले त्यस्ता प्रतिभालाई उच्च सम्मान गर्नेछ ।”
शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले एकल लोकगीत तथा लोकनृत्य प्रतियोगिताले प्रतिभा पहिचानका साथै बालबालिकामा नयाँ उत्साह जगाएको बताए । नृत्य निर्देशक नेपालीले कर्णाली प्रदेशमा जुम्लाले लोकगीत तथा लोकनृत्यमा इतिहासमै नयाँ कृतिमानी कायम गरेको टिप्पणी गरे ।
प्रतियोगितामा प्रत्येक जिल्लाबाट दुवै विधामा १०–१० छनोट भएर आएका २० विद्यार्थीको सहभागिता थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया