NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

डेनमार्कसँग फ्रान्स स्तब्ध

काठमाडौं । डेनमार्कसँग फ्रान्स २–१ गोल अन्तरमा स्तब्ध बनेको छ । युइएफए नेसन्स लिग ए ग्रुप १ को पहिलो राउन्डको खेलअन्तर्गत शुक्रबार भएको खेलमा फ्रान्स पराजित भएको हो ।

डेनमार्कका लागि एन्ड्रिएस कोर्निलिअस एक्लैले दुई गोल गरेर जित दिलाए । कोर्निलिअस ६८ र ८८ औं मिनेटमा गोल गरेका हुन् ।

फ्रान्सका लागि करिम बेन्जेमाले ५१ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि सान्त्वना गोल मात्र बन्न सक्यो ।

फ्रान्सले २० खेलसम्म लगातार जित निकालेको थियो । योसँगै उसको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।