युक्रेन द्वन्द्वपछिको पुनः निर्माणको पहिलो चरण शुरु
काठमाडौं (एजेन्सी) । युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले शुक्रबार देशले द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण शुरु गरेको बताएका छन् ।
पुनः निर्माणको पहिलो चरणमा, युक्रेनी अधिकारीहरूले रुस(युक्रेन द्वन्द्वबाट भएको क्षतिको मूल्याङ्कन गर्ने, पुनर्निर्माण परियोजनाहरूको लागि प्राविधिक कागजातहरू तयार गर्ने र महत्त्वपूर्ण सुविधाहरूको मर्मत सम्भार गर्ने बताइएको छ ।
‘सरकारको काम शरद ऋतुमा अधिकांश क्षतिग्रस्त महत्त्वपूर्ण सुविधाहरू पुनर्स्थापित गर्ने हो,’ उनले भने।
युक्रेनको राज्य सडक एजेन्सी युक्राभतोडोरले युक्रेनमा द्वन्द्वका कारण करिब ३ सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको बताएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया