बंगलादेशको डिपोमा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० गम्भीर घाइते

काठमाडौं (एजेन्सी) । बंगलादेशको दक्षिणपूर्वी सहरको एक डिपोमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दर्जनौं घाइते छन् ।
सीताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउन दमकल बोलाएपछि विष्फोट भएको हो ।
बिबिसीका अनुसार, घाइतेमध्ये २० को अवस्था गम्भीर छ । उपचारमा संलग्न चिकित्सकले एएफपीलाई बताएअनुसार, उनीहरूको शरीरका ६० देखि ९० प्रतिशत भाग आगोले जलेको छ ।
अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।
डिपोमा राखिएका केही कन्टेनरमा केमिकल स्टोर गरी राखिएको विश्वास गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समाचार आउटलेट प्रोथोमालोका अनुसार विस्फोटले नजिकैका धेरै भवनका झ्यालहरू चकनाचुर पारेको छ । विस्फोट ४ किलोमिटर टाढासम्मको क्षेत्रमा महसुस गरिएको बताइएको छ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया