सुनको मूल्य ६०० रूपैयाँ घट्यो

काठमाडाैं । साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाल सुन तोलामा ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार तेजावी सुन तोलामा ९७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया