नेकपा एसले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलायो, एक बाँकी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टी कार्यलय बानेश्वारमा आइतबार बसेको सचिवालय बैठकले चार मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेको हो ।
एमाले विभाजन पश्चात् नयाँ पार्टी गठन भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्री र एक राज्यमन्त्री सहभागी भएका थिए । सरकारमा सहभागी एक राज्यमन्त्री भवानी खापुङबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाइएको एक नेताले जानकारी दिएका छन् ।
‘सचिवालय बैठकले पार्टीकोतर्फबाट सरकारमा सहभागी चारजना मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय भएको छ’, सहभागी एक नेताले भने, ‘रिक्त स्थानमा कसलाई पठाउने भन्नेबारे छलफल जारी छ । सायद भोलिसम्ममा टुंगोमा पुग्छौं ।’
नेकपा एसबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा राम्रो काम गर्न नसकेको भन्दै मन्त्रीहरूको पार्टीभित्र तीव्र आलोचना भइरहेको थियो । फिर्ता बोलाइएका मन्त्रीहरूमा सरकारमा नेतृत्वसमेत गरेका स्वस्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसनकुमार श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आले छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया