विहे गर्दै हरिहर र नीता, निम्तो मान्न ‘गजिनी’का खलपात्र पनि आउने
काठमाडौं । ज्यातिषि तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको लगनगाँठो २४ असारमा कसिने तय भएको हो ।
अभिनेता आमेश भण्डारीसँगको प्रेम सम्बन्ध टुटेपछि नीता हरिहरसँग नजिकिएकी थिइन् । उनीहरूबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको बताइन्छ ।
अहिले यो जोडी चलचित्र ‘ह्रस्वदीर्घ’को निर्माणमा जुटेको छ । सोही चलचित्रको छायांकनको छेकोमा विहे गर्न लागेको स्रोतले जनाएको छ ।

विहेमा सहभागी हुन बलिउड अभिनेता तथा ‘ह्रस्वदीर्घ’मा खलनायको भूमिका निर्वाह गर्ने कलाकार प्रदीपसिंह रावत पनि नेपाल आउने भएका छन् ।
प्रदीप आमिर खान अभिनित चर्चित हिन्दी ‘गजिनी’का खलनायक हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया