सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडाैं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढेर ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार सुनको मूल्य तोलामा ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य तोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया