NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

शिखर इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै तालिम सञ्चालन गर्नेबारे जानकारी गराएको हो ।

कम्पनीका अनुसार सो तालिम जेठ २८ गतेदेखि ३० गतेसम्म र्दिया जिल्लाको राजापुरमा सञ्चालन हुने छ । कम्पनीको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुक ब्यक्ति तथा संघ संस्थाहरुको लागि सो तालिम सञ्चालन गर्न लागेको सूचनामा उल्लेख छ ।

तालिममा भाग लिन चाहने ब्यक्तिले जेठ २७ गते बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन् । तालिम लिनका लागि निवेदन, नेपाली नागरिकताकाे प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, पार्सपोट साइजको फोटो र संस्थाको हकमा संस्थाले कुनै एक सञ्चालककाे नाम तालिमका लागि सिफारिस गर्नुपर्ने छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष