शिखर इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै तालिम सञ्चालन गर्नेबारे जानकारी गराएको हो ।
कम्पनीका अनुसार सो तालिम जेठ २८ गतेदेखि ३० गतेसम्म र्दिया जिल्लाको राजापुरमा सञ्चालन हुने छ । कम्पनीको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुक ब्यक्ति तथा संघ संस्थाहरुको लागि सो तालिम सञ्चालन गर्न लागेको सूचनामा उल्लेख छ ।
तालिममा भाग लिन चाहने ब्यक्तिले जेठ २७ गते बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन् । तालिम लिनका लागि निवेदन, नेपाली नागरिकताकाे प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, पार्सपोट साइजको फोटो र संस्थाको हकमा संस्थाले कुनै एक सञ्चालककाे नाम तालिमका लागि सिफारिस गर्नुपर्ने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया