NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

काठमाडौंको फर्पिङस्थित जंगलमा दुई युवा-युवती मृत फेला

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा पर्ने फर्पिङको जंगलमा दुई युवा–युवती मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी २०/२२ वर्षका दुवै जनाको शव सोमबार बिहान प्रहरीले फर्पिङस्थित चेकप्वाइन्टबाट झण्डै एक किलोमिटरमाथि थाखेलतर्फ जाने बाटोमा मृत अवस्थामा भेटेपछि थप अनुसन्धानका लागि टोली खटाएको छ । मृतकको पहिचान भने खुलेको छैन ।

अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेका छन् ।

प्रहरीका अनुसार घटनास्थलमा औषधि राख्न प्रयोग गरिने जस्तो बट्टा फेला परेको तर त्यसभित्र के थियो भन्ने बारे केही नखुलेको बताए ।