यू-१९ महिला विश्वकप एसिया छनोट : नेपालले भुटानलाई ४ विकेटले हरायो
काठमाडौं । आइसिसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको छ । छनोट खेलमा नेपालको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले कतारलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भयो ।
भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन् । तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी कुँवरले २ रनमात्र बनाइन् ।
भुटानका लागि सांगे ए वाङ्मोले सर्वाधिक तीन विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि नाङ्वाङ छोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११/११ रन बनाए ।
नेपालका लागि कृतिका मरासनी, मनिषाकुमारी उपाध्याय, अनु कडायतले दुईरदुई र स्नेहा महराले एक विकेट लिए ।
बलिङबाट मनिषा उपाध्ययले महत्वपूर्ण योगदान दिइन् । ४ ओभरमा दुई मेडनसहित ३ रन मात्र खर्चिएकी उनले भुटानका दुवै अोपनरलाई आउट गरिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया