बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिने हदम्यादमा तत्काल पुनर्विचार नहुने

काठमाडौं । सरकारले बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिने हदम्यादमा तत्काल पुनर्विचार नगर्ने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विद्यामान कानुनमा पुनर्विचार नहुने बताए ।
‘हदम्यादसम्बन्धी विषयमा तपाईंहरूले उठाएको विषयमा सरकार गम्भीर छ । यसबारे अध्ययन गर्न कानुन आयोगलाई निर्देशन दिइसकेको छ’, मन्त्री बन्दीले भने, ‘एउटा घटनाबारे सार्वजनिक बहस हुँदैमा हदम्यादसम्बन्धी कानुन संशोधन हुँदैन । यसबारे सर्वोच्चको नजिर, विभिन्न देशमा भएका हदम्याद सम्बन्धी व्यवस्था र नेपाली समाजको बस्तुगत अवस्थाबारे अध्ययन प्रतिवेदन आएपछि मात्र प्रक्रिया अगाडी बढ्नेछ ।’
बलात्कार तथा यौनजन्य घटनामा उजुरी दिन विद्यामान कानुन संशोधन गरी हदम्याद हटाउन सांसदरूले सरकारले सुझाव दिएका थिए ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया