NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

फोहोर व्यवस्थापनमा जुटे ‘भाइरल’ वडाध्यक्ष (५ तस्बिरसहित)

काठमाडौं । काठमाडौ महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन शाहसँग चर्काचर्की गरेर भाइरल भएका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल फोहोर व्यवस्थापनका लागि जुटेका छन् ।

वडा नं १६ का चोक–चोकमा थुप्रिएको फोहोर वडाकै पहलमा उठाएर तत्कालको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न पहल गर्ने कार्यको सुरुवात गरिएको उनले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

‘काठमाडाैं महानगरपालिका वडा नम्बर १६ का चोक–चोकमा थुप्रिएको फोहर वडाकै पहलमा उठाएर तत्कालको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न पहल गर्ने कार्यको सुरुवात गरियो,’ उनले फेसबुकमा तस्बिरहरू शेयर गर्दै लेखेका छन्, ‘साह्रखुट्टे चौकबाट सुरु गर्दै कालधारा र शाशा गेटमा रहेको फोहरको अल्पकालीन व्यवस्थापनमा हामी जुटेका छौ । सहयोग गर्नुहुने काठमाडौं महानगरपालिका वाताबरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपक्षा राख्दछौ ।’

वडाध्यक्ष रिजालको टिकटक मोह : वडाध्यक्षको कुर्सीमै बसेर बनाए ‘डाँडाघरे साइली’ – NepalWatch

 

ताजा अपडेट

नेपालवाच विशेष